साढे २ अर्ब रकम हिनामिना गरेको आरोपमा कर्णाली डेभलपमेन्ट बैंकका अध्यक्ष पक्राउ

 नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका तत्कालीन सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर रायलाई पक्राउ गरेको छ । सल्यान घर भएका रायलाई सीआईबीको टोलीले शनिबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट पक्राउ गरेको हो ।

कर्णाली डेभलपमेन्ट बैंकको पदमा रहँदा बैंकमा बचतकर्तामार्फत संकलन भएको २५० करोड (साढे २ अर्ब) भन्दा बढी रकम हिनामिना गरेको आरोपमा रायलाई सीआईबीको टोलीले पक्राउ गरेको हो । हाल उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन २०६४अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकसँग समन्वय गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।