चितवनमा बलेरोको ठक्कर बाट स्कुटर चालकको मृत्यु

15

भरतपुर महानगरपालिका-७ प्रेमबस्ती चोकमा स्कुटरलाई बलेरोले ठक्कर दिंदा स्कुटर चालकको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो करिब साढे १ बजेको समयमा गितानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना५च २६४४ नम्बरको बलेरोले सोही दिशाबाट आउँदै गरेको ना५४प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

ठक्करबाट स्कुटर चालक भरतपुर-६ ईन्द्रपुरी बस्ने ५२ वर्षीया लक्ष्मी वाग्लेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बलेरो चालक मकवानपुर मनहरी गाउँपालिका-६ बस्ने २५ वर्षीय पेमा लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

समन्धित समाचार