बेलौरीमा जलेको अवस्थामा भेटिएको शवको पहिचान, सीआईबीको सहयोगमा अनुसन्धान अघि बढ्ने

bourning death body 1024x619 1

कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित घटियाघाटमा जलेको अवस्थामा फेला परेको शवको पहिचान भएको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को प्राविधिक सहयोगमा अनुसन्धान अघि बढाइने भएको छ।


मृतकको परिचय : बेल्डाँडीका हरिकिसन राना

कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीका अनुसार, मृतक बेल्डाँडी गाउँपालिका–३ निवासी ५० वर्षीय हरिकिसन राना हुन्। उनी मंगलबार बिहान साढे ४ बजे कोलकातातर्फ जाने भन्दै मोटरसाइकलमा घरबाट निस्किएका थिए।

तर केही समयपछि घटियाघाट क्षेत्रमा मोटरसाइकलसहित जलेको अवस्थामा शव फेला परेको थियो।


घटनास्थलमा तालिमप्राप्त कुकुर, अनुसन्धानमा सीआईबी

घटनाको प्रकृति शंकास्पद देखिएपछि जिल्ला प्रहरी प्रमुख स्वयंम घटनास्थल पुगेका थिए। साथै, नेपाल प्रहरीको धनगढीस्थित कुकुर शाखाबाट तालिम प्राप्त कुकुर समेत अनुसन्धानमा प्रयोग गरिएको छ।

एसपी जोशीले भने, “अनुसन्धानलाई थप प्रभावकारी बनाउन सीआईबीको प्राविधिक सहयोग लिइने तयारीमा छौं।”


घटना शंकास्पद, हत्या कि दुर्घटना?

हरिकिसन रानाको ज्यान दुर्घटनावश गएको हो वा पूर्वनियोजित हत्या भएको हो भन्ने विषयमा प्रहरीले पुष्टि गरेको छैन। तर प्रारम्भिक रूपमा जलेको शव र मोटरसाइकलसँगै भेटिएको अवस्थाले शंका जन्माएको छ।


अन्तिम निष्कर्षका लागि विस्तृत अनुसन्धान आवश्यक

हाल शवको पोस्टमार्टम रिपोर्ट र फरेन्सिक परीक्षणका आधारमा घटना रहस्य खुल्ने अपेक्षा गरिएको छ। जिल्ला प्रहरी कार्यालयले घटनालाई गम्भीर आपराधिक घटनाको रूपमा लिएर अनुसन्धान अघि बढाएको बताइएको छ।

समन्धित समाचार