आज मगर एकता दिवस :विविध कार्यक्रम गरी मनाइँदै

3 10

देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन्। मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर संघको स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ।

पञ्चायती व्यवस्थामा प्रहरी घेराबन्दीको बीच २०३९ फागुन १४, १५ र १६ गते तनहुँमा ‘नेपाल लांघाली परिवार संघ’ को प्रथम महाधिवेशन सम्पन्न भएको थियो। सोही दिनको स्मरणमा फागुन १५ लाई संघको स्थापना दिवसका रूपमा मनाउने गरिन्छ ।

समन्धित समाचार