प्रविधिले मानिस बेरोजगार बनाए त्यो विनाशकारी हुनेछ: प्रधानमन्त्री ओली

aajakauranews

१९ मंसिर, काठमाडौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको विकासले मानिसलाई रोजगारीबाट वञ्चित गराएमा त्यसले विनाशकारी प्रभाव पार्न सक्ने चेतावनी दिएका छन्। चार दिने चीन भ्रमणका क्रममा पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रविधि, रोजगारी, र लोकतन्त्रका सन्दर्भमा आफ्नो धारणा प्रस्तुत गरेका हुन्।

कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रविधिको सही प्रयोगका लागि सतर्कता आवश्यक रहेको बताए।
“प्रविधि र लोकतन्त्रको सन्दर्भमा पनि हामीले सतर्क रहनुपर्छ,” उनले भने।
“यदि प्रविधिले मानिसलाई बेरोजगार बनायो भने त्यो विनाशकारी हुनेछ। लोकतन्त्र प्रविधिको प्रतिध्वनि मात्रै हुन सक्दैन।”

चीनको प्रविधि क्षेत्रमा उच्च प्रगति

चीन विश्वभर प्रविधिको विकासमा अग्रणी देश हो। कम्प्युटर चिप्सदेखि उच्च प्रविधिका अवयवहरूको विकासमा चीनले लगातार प्रगति गरिरहेको छ। साथै, संसारकै ठूलो फाइभजी नेटवर्क स्थापना गरी चीनले सूचना तथा सञ्चार क्षेत्रमा ठूलो सफलता हासिल गरेको छ।

यद्यपि, प्रधानमन्त्री ओलीले प्रविधिको विकासलाई रोजगारी खोस्ने माध्यम बन्न नदिन चेतावनी दिएका छन्।
“प्रविधि मानिसको सहयोगका लागि हो, रोजगार खोस्नका लागि होइन,” उनले जोड दिए।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनसँग विभिन्न सहकार्यका विषयमा छलफल गर्दै नेपाललाई डिजिटल युगमा प्रवेश गराउने योजनामा रहेका छन्। उनले प्रविधिको उचित व्यवस्थापन र यसको सकारात्मक प्रयोगमार्फत रोजगारी सिर्जनामा जोड दिए।

समन्धित समाचार