काठमाडौं- साहित्यकार तथा गीतकार सुरेन्द्र महर्जन अमरको रचनामा रहेको गीत आँसु झर्दा पुछीदिने तिम्रै निम्ति म थिएँ नि, धेरै माया गर्ने पायौं, कि त म भन्दा नि गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायिका मेलिना राई र प्रदिप ग्लानको स्वरमा रहेको गीतको संगीत एरेन्जर पुष्कर सुनुवारको रहेको छ । उक्त भिडियोमा कलाकारहरू सुरज, साँया, जिता र प्रदिपको अभिनय रहेको म्युजिक भिडियोको सम्पादन अमृत चापागाईंको रहेको छ । भिडियो निर्देशन सिजन बरालले गरिएका हुन भने छाँयाकार दिनेश पराजुलको रहेको छ ।