कास्कीको पोखरा महानगरपालिका–१६ अर्मलास्थित सडकमा धार्मीबाट बाटुलेचौरतर्फ आउँदै गरेको ग.१० प २५२१ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
स्कुटर चालक पोखरा महानगरपालिका–१९ अम्विकाटोल बस्ने १९ वर्षीय आर्यन गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मितेरी अस्पताल बाटुलेचौरमा उपचारको क्रममा मृत्यु भएको हो।
साथै, दुर्घटनामा घाइते भइका स्कुटरमा सवार १ जनालाई थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ।





