आजका लागि विभिन्न कृषि उपजहरूको अधिकतम मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि विभिन्न कृषि उपजहरूको अधिकतम मूल्य सार्वजनिक गरेको छ।

आज कालीमाटी बजारमा गोलभेडा ठूलो (भारतीय) को अधिकतम मूल्य प्रतिकेजी रु ८० तोकिएको छ भने सानो (लोकल) गोलभेडा रु २५ मा र टनेलको सानो गोलभेडा रु ४५ मा बिक्री भइरहेको छ।

त्यसैगरी, आलु रातो रु ५२, आलु रातो (भारतीय) रु ३०, र आलु सेतो रु ४० मा कारोबार भइरहेको छ। प्याज सुकेको (भारतीय) रु ३९ प्रतिकेजी रहेको छ।

अन्य प्रमुख तरकारीहरूमा बन्दा रु ४०, काउली स्थानीय रु ११०, मूळा सेतो (लोकल) रु ७०,भन्टा (लाम्चो र डल्लो दुवै) रु ४०, तितो करेला र लौका रु ६०, परवर (लोकल र तराई) रु ७०, घिउ सिमी (लोकल तथा हाइब्रीड) रु १२०, स्कूस रु २० रहेको छ । सागहरूमा रायो साग रु १५०, पालुंगो साग रु २००, चमसूरको साग रु १८० र तोरीको साग रु ९० मा कारोबार भइरहेको छ।

अन्य विशेष उपजहरूमा च्याउ (कन्य) रु १५०, च्याउ (डल्ले) रु ३५०, कुरीलो रु ४००, र ब्रोकाउली रु १५० मा बिक्री भइरहेको समितिले जनाएको छ।

फलफूलतर्फ, स्याउ (झोले) रु २५० र स्याउ (फुजी) प्रतिकेजी रु ३०० मा कारोबार भइरहेको छ।