बंगलाचुली गाउँपालिका वडा नं. ६ बस्ने श्री हेरमा खत्रीले आफ्नो छोराको उपचारका लागि आर्थिक सहयोगको लागि अनुरोध गर्नु भएको छ |
छोरा दिनेश खत्री २०७९ सालमा रुखबाट खसेर घाइते भएका कारण निरन्तर उपचारमा रहेका उनी नेपाल र भारतका विभिन्न अस्पतालहरूमा उपचार गराए पनि अझै स्वास्थ्य अवस्था सुधार हुन सकेको नसकेको र जनाउदै हाल उहाँको शरीरको तल्लो भाग चल्न नसक्ने र दिशा–पिसाब समेत अरुको सहयोगले मात्र गर्नुपर्ने अवस्था रहेको छ।

उपचारका क्रममा ठूलो आर्थिक खर्च भइसकेको र परिवारको आर्थिक अवस्था अत्यन्त दयनीय भएकाले थप उपचारमा कठिनाइ भइरहेको बंगलाचुली गाउँपालिका वडा नं. ६ बाट जारी भएको सिफारिस पत्रमा उल्लेख गरिएको छ । यसका साथै सहयोगी मन भएका व्यक्तिहरू, संघ–संस्था तथा सम्पूर्ण समुदायलाई सकेको सहयोग गर्न हार्दिक अनुरोध समेत गरिएको छ।
सहयोग गर्न सकिने बैंक खाता विवरण
Bank Name: Kumari Bank Limited
Account Name: Herama Khatri
Account Number: 1530331017900001
Account Type: Kumari Gajjabko Bachat Khata