बागमतीको जलसतहले सतर्कता तह पार गर्‍यो

बागमती नदीको गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभाग, बाढी महाशाखाले जनाएको छ ।

मंगलबार राति १२ बजे आसपासदेखि निरन्तर पानी परेकाले सतर्कता तह पार गरेकाले गौरीघाट, गुह्येश्वरी, चावहिल, नयाँबस्ती, जोरपाटी क्षेत्रमा बस्नेहरुको मोबाइलमा सुरक्षित रहन सन्देश प्रवाह गरिएको महाशाखाले जनाएको छ ।  यसैगरी रुद्रमती (धोबीखोला)को कपन क्षेत्रमा पनि जलसतह सतर्कता तह पार गर्न लागेको छ।