आजको मौसमः कोशी प्रदेशमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल कोशी प्रदेश र बागमती प्रदेश प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भू-भागहरू लगायत बाँकी तराईका भू-भागहरू तथा उपत्यकाहरुका केही स्थानहरूमा शुक्रबार बिहान हुस्सुरकुहिरो लागेको छ।

दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश लगायत बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।कोशी प्रदेशको पहाडी भू-भागको एक / दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोछ।