साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ३५ नयाँ सवारी साधन सार्वजनिक हुने भएका छन्।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा)ले आयोजना गर्न लागेको यो पहिलो एक्स्पोमा १५ वटा दुईपाङ्ग्रे, १५ वटा चारपाङ्ग्रे र ५ वटा कमर्सियल गाडीहरू लन्च गरिनेछन्।
प्रदर्शनी स्थलमा जल निकासी र अपाङ्गमैत्री पूर्वाधारको व्यवस्था गरिएको छ। विद्युतीय गाडी र नयाँ प्रविधिहरू प्रमुख आकर्षण हुनेछन्।
एभरेष्ट बैंक र नेशनल इन्स्योरेन्स कम्पनी मुख्य प्रायोजक हुन्। खल्ती, माउण्टेन ड्यू, पठाओ, सोल्टी होटललगायत साझेदारको सहभागिता छ। पठाओले भृकुटीमण्डपसम्मका यात्रामा ३० प्रतिशतसम्म छुट दिनेछ भने फ्रन्टलाइन अस्पतालले २४ घण्टा आकस्मिक स्वास्थ्य सेवा दिनेछ।
नाइमाले सामाजिक सञ्जालमा भिडियो प्रतियोगिता पनि सार्वजनिक गरेको छ। उत्कृष्ट भिडियो बनाउनेलाई एक लाख रुपैयाँसम्मको नगद पुरस्कार प्रदान गरिनेछ।
टिकट खल्ती बाई आईएमईमा उपलब्ध छ। टिकट बिक्रीबाट संकलन हुने रकमको ५ प्रतिशत मोबिलिटी शिक्षामा छात्रवृत्ति र फेलोशिपका लागि खर्च गरिनेछ।