भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिने नेपाल भ्रमणका लागि नेपाल आइपुगेका छन् । विदेश सचिव मिस्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव लम्सालले स्वागत गरेकी हुन् । उनले आजै राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्र सचिवलगायतसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
उनले नेपालस्थित भारतीय राजदूतावास कर्मचारीसँग छलफल गरेपछि दुई बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने छन् । राष्ट्रपतिसँगको भेटपछि उनले तीन बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।
त्यस्तै मिस्रीले आजनै उपप्रधानमन्त्रीद्वय विष्णु पौडेल र प्रकाशमान सिंहलाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम पनि रहेको छ । आज नै परराष्ट्र सचिव लम्सालले सचिव मिस्रीका लागि रात्रिभोजको आयोजना गर्नेछिन् । सो कार्यक्रममा पनि नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । सोमबार बिहान ११ः४५ बजे उनले परराष्ट्र मन्त्री आरजु राणादेउवालाई भेटने छन् ।
