जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ । बैठक २७, २८, २९ र ३० गते ललितपुरको सानागाउँस्थित थसी ब्याङक्वेटमा बस्नेछ ।
बैठकबाट पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्ययोजना तथा कार्यक्रमलगायतका विषयहरूमा छलफल गरी आवश्यक निर्णय हुने छ ।
