कांग्रेस-एमाले गठबन्धन सरकार धेरै दिन नटिक्ने वर्षमान पुनको दाबी

17 2

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान कांग्रेस-एमाले गठबन्धन सरकार धेरै दिन नटिक्ने दाबी गरेका छन् ।

पार्टी सम्बद्ध काठमाडौं-रोशी गाउँपालिका (काभ्रे) सम्पर्क समितिको पालिका भेलालाई आज राजधानीमा सम्बोधन गर्दै पुनले यस्तो दाबी गरेका हुन् । सरकारमा भएर पनि कांग्रेस-एमाले पंक्तिको मनोबल खस्किएको उनको टिप्पणी छ । दुवै दलका नेताले आफूहरुसँगको अनौपचारिक कुराकानीमा सरकार हनिमुन अवधि (एक सय दिन) कटाउन मुस्किल रहेको बताउन थालेको उनले बताएका छन् । आफूहरुको प्राथमिकतामा सरकार नरहेको तर, चाहेको अवस्थामा यो सरकार ढाल्न कुनै समस्या नभएको उनको भनाइ छ ।

उनले नयाँ सरकार बनेपछि कांग्रेस-एमालेमा आन्तरिक किचलो बढेको समेत बताए । एमालेले लुम्बिनी प्रदेशमा दल नेताबाहेकका व्यक्तिलाई मुख्यमन्त्री बनाएपछि दल नेताले राजीनामा दिएको, नेकपाकालमा केपी ओलीविरुद्धको संघर्षमा माधव नेपाललाई साथ दिएका नेताहरुलाई पाखा लगाइएको र कांग्रेस-एमाले दुवै दलले केही गरौं भन्ने भावना भएकालाई रोकेर विवादित पृष्ठभूमिका र राज्य दोहनमा संलग्नहरुलाई मन्त्री बनाएका कारण असन्तुष्टि चुलिएको उनको भनाइ थियो । पुनले कांग्रेसका दुवै महामन्त्रीले एमालेसँग गठबन्धन गर्नुको अर्थ उसका कमजोरीको भारी बोक्ने होइन भन्दै गिरीबन्धु टी स्टेट प्रकरणको छानबिन हुनुपर्ने अडान लिनुले ओली सरकारको जग हल्लिन थालेको तर्क गरे ।

समन्धित समाचार