माओवादी केन्द्रको स्थायी समिति बैठकमा आज पनि बस्दै

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा आज पनि बस्दैछ ।  माओवादी स्थायी समिति बैठक हिजोदेखि सुरु भएको हो ।  बैठकमा आज सदस्यहरूले वैचारिक, राजनीतिक र साङ्गठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन् । हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।

बैठकमा हिजो अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय नेपाल र बङ्गलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए । साथै उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलहरूबीच  भएको सहमतिबारे जानकारी गराएका थिए ।