नेकपा एमाले केन्द्रीय कार्यालय बाढीका कारण डुवानमा

2 2

नेकपा एमाले केन्द्रीय कार्यालय बाढीका कारण डुवानमा परेको छ। बुधबार बिहान परेको बर्षका कारण बागमतीमा  आएको बाढी एमाले केन्द्रीय कार्यालयमा पसेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभएको छ।

ललितपुरको च्यासलमा रहेको एमाले मुख्य कार्यालय  डुवानमा परेको तस्विर समेत रिमालले  फेसबुकमा  राख्नु भएको छ।  पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीदेखि भारी वर्षा मापन गरिएको विभागले बताएको छ । हाल देशभर साधारणतया बदली रहेको बागमती र मधेश प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही भेगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

समन्धित समाचार