‘भ्रष्टाचार गर्दैनौं, सहन्नौं र कसैलाई गर्न दिन्नौं’

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले भ्रष्टाचार नगर्ने र कसैलाई भ्रष्टाचार गर्न नदिने प्रतिबद्धता जनाएका छन् ।

 

प्रतिनिधिसभा विश्वासको मतको प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारबारे बोलेका हुन् । ‘ एउटा कुरा दुनियाँका अगाडी र दुनियाँले सुन्ने गरी भन्न चाहन्छु

aajakakura.com 2

उनले भ्रष्टाचारका सबै विषयहरू अनुसन्धान हुने बताए । भ्रष्टाचार र अख्तियारको दुरूपयोगसँग जोडिएका विषयको छानबिन तथा अनुसन्धान गर्छौं । यसमा ढुक्क भए हुन्छ’ प्रधानमन्त्री ओलीले भने । उनले कुनै कालखण्डमा भएका भ्रष्टाचार पनि छानबिन गर्ने प्रतिबद्धता जनाए ।

‘कुनै कालखण्डमा भएका भ्रष्टाचार र जोकोही भ्रष्टाचार उपर कानुनी कारबाही अघि बढाउँछौं ।भ्रष्टाचारी एक दिन कानुनको कठघरमा पुग्छ भन्ने स्थापित गराउँछौं’ प्रधानमन्त्री ओलीले भने । उनले सहकारी पीडितकासम्बन्धमा उचित छानबिन गर्ने र ठगलाई कारबाही गर्ने बताए ।