परराष्ट्र मन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शुक्रबार शिष्टाचार भेट गिरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा उनीहरूबीच नेपाल-अमेरिका सम्बन्धका विविध पक्षहरूका साथै द्विपक्षीय हितका बारेमा छलफल भएको थियो। भेटमा पारस्परिक लाभका विविध पक्ष, विकास तथा साझेदारीका विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।




