नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता समीकरण आगामी २०८४ सालसम्म कायम रहने दाबी गरेका छन्।
जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले वर्तमान सरकारलाई आ-आफ्नो तर्फबाट सहयोग गर्न नेता कार्यकर्तालाई आग्रह गरेका हुन।
मधेश प्रदेश सरकारमा सहभागिताबारे उनले भने, ‘मन्त्रालय ठूलो कुरा होइन, मिलेर समस्या समाधान गरेर जानुपर्छ।’





