सीके राउतको पार्टीले पनि प्रचण्डलाई विश्वासको मत नदिने

सीके राउत नेतृत्वको जनमत पार्टीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ ।

आज बसेको पार्टी बैठकले उक्त निर्णय गरेको जनमतका प्रवक्ता डा। शरदसिंह यादवले जानकारी दिएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ समीकरण बनेसँगै एमालेलगायतका दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते संसद्‌मा विश्वासको मत माग्दै छन् ।