राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा.मुकुल ढकालले पत्रकार सम्मेलन गर्ने भएका छन् । ढकालले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेको हुन्।
ढकाललाई रास्वपाले पार्टीको जिम्मेवारीबाट मुक्त गरेको थियो । केही समयअघि ढकालले सभापति लामिछानेलाई समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदन बुझाएका थिए ।
प्रतिवेदनमा पार्टी सञ्चालन र सभापतिको कार्यशैलीप्रति कडा आलोचनासमेत गरिएको थियो ।प्रतिवेदनमा लेखिएका कुरा पार्टी नीति विपरीत सार्वजनिक गरेको लगायतको आरोपमा ढकाललाई केन्द्रीय समितिले पदबाट निलम्बन गरेको हो ।
