प्रचण्डले संसद‍्‍मा विश्वासको मत लिने कुरा संवैधानिक : शेखर कोइराला

media1720529101

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद‍्‍मा विश्वासको मत लिने कुरा संवैधानिक भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित खगेन्द्र नवजीवन विशेष विद्यालयको छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘हामी संसद्का दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउँदैछौँ । आलोपालो सरकारको नेतृत्व गर्दैछौँ’, उनले भने, ‘प्रधानमन्त्रीले यही असार २८ गते विश्वासको मत लिन्छु भन्नुभएको छ । हामीले राजीनामा दिनुपर्छ भनेर केही फाइदा छैन, गर्ने उहाँले हो । उहाँले त विश्वासको मत लिन्छु भन्नुभएको छ ।’

उनले संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार बन्छ कि धारा ७६ को ३ अनुसार नयाँ सरकार बन्छ ? भनेर धेरै बहस भएको उल्लेख गर्दै त्यसमा कुनै द्विविधा नरहेको बताए ।

समन्धित समाचार