मधेस प्रदेशका मुख्यमन्त्री राजिनामा दिन नामनेका मन्त्रीहरुलाई पदबाट बर्खास्त

Untitled 1 Ir0YwQMu1B

मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले जनमत र एमाले बाहेकका सबै मन्त्रीलाई बर्खास्त गरेको छ।

मुख्यमन्त्री सिंहले सबै मन्त्रीलाई राजीनामा दिन आग्रह गरेपछि राजीनामा दिन नमानेपछि सबैलाई बर्खास्त गरिएको शनिबार मधेस भवन जनकपुरधाम मुख्यमन्त्री निवासमा पत्रकार सम्मेलन गरि बताएका छन् ।

मधेस सरकारमा माओवादीबाट संसदीय दलका नेता भरत प्रसाद साह अर्थ मन्त्री र युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन मन्त्री, नेकपा एसका संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बेची लुंगेली ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिला चौधरी श्रम तथा रोजगार र नेपाल संघीय समाजवादी पार्टीकी पनि एक्ली सांसद विमला अन्सारी गृह तथा सञ्चार मन्त्रीलाई बर्खास्त गरिएको पत्रकार सम्मेलनमा जानकारी गराए।

समन्धित समाचार