रविलाई नेताबाट राजनेता बनाउन विरोध गरेको हुँ :- डा. मुकुल ढकाल

hp mukul dhakal 1jpg 2022 12 07

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीमा सभापति रवि लामिछाने नेताबाट राजनेता बनाउन विरोध गरेको बताएका छन्।

पार्टीभित्र रवि प्रवृत्तिको विरोध आफूले गर्नैपर्ने भएकाले गरेको दाबी उनको छ। रावि लामिछानेमा देउवा, प्रचण्ड र ओली प्रवृत्ति दोहोरिएपछि विरोध गरेको उनले प्रष्ट पारेका छन्।

बुधबारको केन्द्रीय समिति बैठकले सात दिनका लागि निलम्बन गरेपछि पत्रकारसँग कुरा गर्दै ढकालले रविलाई सच्याउनका लागि र नेताबाट राजनेता बनाउनका लागि गरेको दाबी गरेका हुन। तर रवि लामिछानेले त्यसको अनुभूति नगरेको उनको भनाइ छ।

उनले भनेका छन्,‘राष्ट्रिय स्वतन्त्र सभापति रवि लामिछानेमा देउवा प्रवृत्ति, ओली प्रवृत्ति र प्रचण्ड प्रवृत्ति देखिन्छ भने रवि प्रवृत्तिको विरोध मैले गर्नुपर्छ। र त्यही कुरा मैले गरेको हुँ। त्यो विरोध मैले उहाँलाई सच्याउनका लागि गरेको हुँ। मैले उहाँलाई नेताबाट राजनेता बनाउनका लागि विरोध गरेको हुँ। तर कताकता उहाँले त्यसको अनुभूति गर्नु भएन।’

समन्धित समाचार