लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्ने भएको छ । आज बबरमहलस्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो ।
लोसपाका नेता सर्वेन्द्रनाथ शुक्लाले गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेपनि सरकारमा जाने नजाने अहिले कुनै निर्णय नगरेको बताए । उनले भनेका छन्, ‘हामीसँग सरकारमा जाने नजाने भन्ने विषयमा औपचारिक छलफल कांग्रेस एमालेले गरेको छैन। तर, संविधान संशोधनसहितको मुद्दा अघि सारेकाले हामीले समर्थन गर्ने निर्णय गरेका हौँ।’ नयाँ सरकार गठनको प्रक्रिया अघि बढेपछि ठूला दलहरूसँग छलफल गर्ने उनले बताए।
