एकीकृत समाजवादीको दसौं महाधिवेशनमा बन्द सत्र सुरू हुँदै

samaj

एकीकृत समाजवादीको दसौं महाधिवेशनअन्तर्गत् सोमबारबाट बन्द सत्र सुरू हुँदैछ। कमलादीस्थिति प्रज्ञा भवनमा जारी महाधिवेशनमा आज बिहान ९ बजेबाट बन्द सत्र सुरू हुनेछ। त्यसअघि अध्यक्ष मण्डल गठन हुने एकीकृत समाजवादीले जानकारी दिएको छ।

बन्द सत्रमा अध्यक्षको राजनीति प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन, नेपाली विशेषताको समाजवाद, विधान संशोधन प्रस्ताव पेश गरिनेछ। ती प्रतिवेदनमाथि छलफल गरेर पारित गरेपछि नेतृत्व चयनको प्रक्रिया सुरू हुनेछ। एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी २१ सदस्यीय बनाउने सहमति भएको छ।

समन्धित समाचार