अध्यक्षमा मेरो दाबी कायमै छ :- झलनाथ खनाल

jhalanath snake corruption

सम्मानीत नेता झलनाथ खनालले अध्यक्षमा आफ्नो दाबी कायमै रहेको बताएका छन् । बिहीबार पार्टीको सचिवालय बैठकबाट बाहिरिने क्रममा दाबी नछाडेको बताएका हुन् । उनले भने, “ बेकारको कुरा हो । दाबी छाडेको छैन ।” उनले सहमतिका साथ जाने कुरा गरेको बताए ।

अध्यक्षबाट ब्याक भएर घनश्याम भुसाललाई सघाउने हिजोको भेटमा सहमति भएको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘होइन। मेरो दाबी जारी छ।’

यसैबीच नेकपा एकीकृत समाजवादीले आगामी महाधिवेशनबाट पदाधिकारीको संख्या १९ बाट २० पुर्याउने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकमा केन्द्रीय सदस्यको संख्या बढाउने र एक जना वरिष्ठ उपाध्यक्षको व्यवस्था गर्ने निर्णय गरेको छ ।

विधानमा १५१ केन्द्रीय कमिटी रहने व्यवस्था छ । त्यसलाई बढाएर २९९ सदस्यीय बनाउने निर्णय पनि भएको छ । एकीकृत समाजवादीको महाधिवेशनमा माधव नेपाल र घनश्याम भुसालले दाबी गरेका छन् । अध्यक्षमा दोहोरिने इच्छा राखेका नेपालले वरिष्ठ उपाध्यक्ष पदन खडा गरेर भुसाललाई मनाउने कोशीस गरिएको छ ।

 

 

समन्धित समाचार