गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा जेठ १४ गते दायर रिटमा दायर रिटको आज पेशी तोकिएको छ । सो रिट सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीशद्धय सपनाा प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा पेशी परेको छ ।
अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो। लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितको माग सहित राखिएको उक्त रिट असार ४ गते मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले हेर्न नमिल्ने भन्दै सारेको थियो।
आज दुई न्यायाधीशको इजलासले सुनुवाइ गर्ने छ। यसअघि जेठ २८ गते न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा रूपन्देही जिल्ला अदालतमा दायर भएको अभियोग पत्र मगाउने आदेश गरेको थियो ।
