राजीनामा पत्र अर्काे कोटको खल्तीमा छ :- गृहमन्त्री

rabi

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले रास्वपाका मन्त्रीहरुले राजीनामा पत्र खल्तीमै बोकेर हिँडेको भन्ने कुरालाई गलत व्याख्या गरेको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले काम गर्न नसक्दाको बखत राजीनामा दिनेगरी खल्तीमा राजीनामा पत्र लिएर हिँडेको भनि प्रस्ट्याए ।

उनले हाँस्दै भने, ‘राजीनामा पत्र अर्काे कोटको खल्तीमा छ होला ।’ व्याख्यात्मक टिप्पणी धेरै भएको बताउँदै उनले भने, ‘हामीले राम्रो काम गर्न सकेनौँ । अथवा राम्रो गर्न पाइएन भने टाँसिएर बसिरहन हुँदैन भन्ने सुरुवात देखिकै रास्वपाको स्वभावको निरन्तरता हो ।’ बजेटमा रास्वपाको पनि असन्तुष्टि रहेको बताउँदै उनले सरकारमा समस्या नरहेको बताए ।

 

समन्धित समाचार