Zagraj na automatach online, gdzie najlepsze kasyno bitcoin oferuje ogromne jackpoty i niepowtarzalne bonusy, które zapewnią ci ekscytującą i niezapomnianą rozrywkę.

पाँच सय र हजारका नोट प्रतिवन्ध लगाउन काँग्रेसका उपसभापतिको माग

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पाँच सय र हजारका नोट प्रतिवन्ध लगाउन सरकारसँग माग गरेका छन् । मुलुकमा आर्थिक सुशासन कायम गर्ने हो भने सरकारले ५ सय र हजारको नोट प्रतिवन्ध लगाउनुपर्ने उनको जिकिर थियो ।

बुधवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उपसभापति गुरुङले ती नोटहरु प्रतिवन्ध गरियो भने मुलुकमा ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने, सोही अनुपातमा गैरकानूनी कारोबार रोकिने र ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुने दाबीसमेत गरे । उनले अवैध रुपमा राखिएका धनराशी पनि ५ सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि बाहिर आउने बताए ।

‘आर्थिक सुशासनका लागि मेरो प्रश्ताव हो यो–५ सय र हजारको नोट क्वीट गर्न सक्नुपर्दछ । सरकारमा बसेका साथीहरुलाई म यो निवेदन गर्न चाहन्छु सभामुख महोदय,’ उपसभापति गुरुङले भने, ‘आजको दिनमा यदि आर्थिक सुशासन सुशासन कायम गर्ने हो भने हामीले ५ सय र हजारको नोट अब क्वीट गरेर जान आवश्यक छ । यदि यी नोटहरु क्वीट ग¥यौं भने ८० प्रतिशत गैरकानूनी कारोवार रोकिन्छ । ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुन्छ । र, ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुन्छ । यसरी जाने हो नि त । अनि सिरानी मुनि भएका पैसा, खाटमुनि भएका पैसा, जमिनमुनि भएका पैसा, पानीमुनि भएका सबै पैसा बाहिर आउँछ ।’

सिरानी मुनि, खाटमुनि, जमिनमुनि र  पानीमुनि भएका सबै पैसा बाहिर ल्याउनका लागि पनि सरकारले ५ सय र हजारको नोटमा तत्काल प्रतिवन्ध लगाउन आवश्यक रहेको उनको भनाइ छ ।