बालेनको घरअगाडि फोहोर थुपार्न हाम्रो समर्थन छ :- डा. अमरेश सिंह

amres

स्वतन्त्र सांसद डा. अमरेश सिंहले कवाडी व्यवसायीहरूलाई फोहोर लगेर काठमाडौं महानगरपालिका कार्यालय र मेयर बोलेन्द्र शाहको घरअगाडि थुपार्न भनेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद सिंहले व्यवसायीले सो काम गरे आफ्ने समर्थन रहने बताए ।

‘कवाडीलाई भन्न चाहान्छु सबै फोहोर महानगर र बालेन शाहको घरअगाडि लगेर थुपार्नुस् त्यसमा हाम्रो समर्थन छ । उहाँले सिकाउनुभएको हो । ट्रिट फर ट्याट हुन्छ । उहाले सडक विभागअगाडि लगेर फोहोर थुपार्नुभएको हो,’ सिंहले भने ।

कवाडलाई नहटाउन अदालते अन्तरिम आदेश दिएको पनि उनले संसदमा बताए । रंगभेद र जातीय भेद कायम रहेको उनले बताए । एउटा वर्गले आन्दोलन गर्दा पानीको फोहोरा प्रहार गर्ने भए पनि मधेशका जनतालाई देख्नै नहुने किन भयो ? भन्ने प्रश्न सिंहको छ । उनले प्रदर्शनमा घाइतेहरूको निशुल्क उपचार हुनपर्ने बताए ।

मंगलबार कवाडी व्यवसायीहरूले काठमाडौं महानगरको मुख्यालय घेराउ गर्दा मुठभेड भएको थियो ।

समन्धित समाचार