नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री प्रचण्डलाई पाँच वर्ष ढुक्कसँग सरकार चलाउन दिनुपर्ने बताएका छन् । बेपत्ता योद्धा परिवार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै अहिले प्रचण्डलाई सरकार आजै जान्छ भोलि जान्छ भन्ने चिन्ताले काम गर्न नसकेको बताए ।
उनले भने, ‘हिंसा र युद्धको स्रोत भनेको पूँजीवादी सत्ता हो । हाम्रो टाउकोमा जवरजस्त थोपरिन खोजिँदैछ । हामी ०८४ को चुनावमा जान्छौं भन्दा पनि हल्ला छ । अब हामी युद्ध चाहँदैनौं । तर, आजको बेपत्ता र सहिद परिवारको स्थिति हेर्दा सबै कुरा बन्दूकको बलमा अशक्तलाई लादेको छ । आजको सत्तामा जनताको स्वीकार्यता छैन । कसैको पनि समर्थन छैन । यो सत्ता चल्छ भन्नेमा मान्छेलाई विश्वास छैन । यसले नेपाली जनताको स्वाधीनतालाई बोक्न सक्छ भन्ने विश्वास छैन । तर, बोल्न दिइँदैन त्यो जनमतलाई स्वीकारिँदैन । नभए जनमत संग्रह गरौं ।’