दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुर नेपालको तीनदिने भ्रमणका लागि आउने भएका छन्।
१३ चैतमा बालेन्द्र शाहले प्रधानमन्त्रीको कार्यभार सम्हालेयता नेपाल भ्रमण गर्ने कपुर सबैभन्दा उच्च तहका विदेशी कूटनीतिज्ञ हुनेछन्। तीन दिन भ्रमणका लागि उनी सोमबार नेपाल आउनेछन्।
उनीसँगै अमेरिकी विदेश मन्त्रालयका अन्य दुई अधिकारी पनि आउन लागेका छन्। नेपाल भ्रमणका क्रममा उनले पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्ने तयारी छ।




