कानुनमन्त्री सोविता गौतमले पनि सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा आज प्रकाशित सम्पत्ति विवरणअनुसार मन्त्री गौतमले विवाहमा १० तोला र पैत्रिक ५ तोला सुन देखाएकी छन् । पैत्रिक ९ तोला चाँदी देखाएकी छन् । विवाहमा एक तोला हिरा प्राप्त भएको उनको विवरणमा उल्लेख छ ।
साथै बैंकतर्फ एनआइसी एसियामा तीन लाख ६८ हजार ८६७ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकमा ४६ हजार ८७४ रुपैयाँ, नबिल बैंकमा ४ लाख ८१ हजार, ७६७ रुपैयाँ, माछापुच्छ्रे बैंकमा १ लाख ४४ हजार ५५३ रुपैयाँ देखाइएको छ । ग्लोबल बैंकमा ८ हजार २७४ रुपैयाँ रहेको देखाइएको छ ।
व्यवसायबाट, लगानी र तलब भनेर नगद विवरण देखाइएको छ । ग्लोब ट्रट हिमालय टूर्स एण्ड ट्रेक्समा ५० प्रतिशत सेयर, सोपा मल्टिपल कम्पनीमा प्रतिकित्ता एक सय दरको ६ हजार ५ सय कित्ता प्रमोटर सेयर भएको उल्लेख गरिएको छ । गाडी खरिदको लागि राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख र एभरेष्ट बैंकबाट २५ लाख लिएको उल्लेख छ । श्रीमान ग्रृहेन्द्र घिमिरेले ९५ लाखको गाडी खरिद गरेको उल्लेख छ ।
राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिएर गाडी खरिद गरेको जनाइएको छ । २ लाख ७५ हजारको स्कुटर खरिद गरिएको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।




