प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणमा उनका तथा परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्तिबारे जानकारी गराइएको छ ।
सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री शाहले आफ्नो ‘अन्य सम्पत्ति’ शीर्षकमा सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक, युट्युब र ट्वीटरलाई समेत उल्लेख गरेका छन् । साथै, काठमाडौँमा उनको नाममा ५ आना जग्गा रहेको जनाइएको छ ।
पारिवारिक सम्पत्तिअन्तर्गत धनुषामा उनकी आमा ध्रुवदेवी शाहको नाममा १.२ बिघा जग्गा रहेको विवरणमा उल्लेख छ । त्यसैगरी महोत्तरीमा उनका बुवा रामनारायण शाहको नाममा ९ बिघा जग्गा रहेको पनि सार्वजनिक विवरणमा जनाइएको छ ।
त्यस्तै, प्रधानमन्त्रीकी पत्नी सविना काफ्लेको नाममा १९० तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ, जसलाई पैतृक सम्पत्तिका रूपमा देखाइएको छ । प्रधानमन्त्री कार्यालयमार्फत सार्वजनिक गरिएको यस विवरणमा परिवारका नाममा रहेका विभिन्न चल–अचल सम्पत्तिहरू समेटिएका छन् ।






