प्रतिनिधि सभाको उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी छन्।
समानुपातिक सांसद लामाले बिहीबार उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी हुन्। राप्रपाको तर्फबाट तामाङले उम्मेदवारी दर्ता गराएको राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले बताइन्।
त्यस्तै, श्रम संस्कृति पार्टीबाट रुवी ठाकुरले उम्मेदवारी दर्ता गराएकी छन्।
बिहीबार दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। अब शुक्रबार प्रतिनिधि सभामा उपसभामुखका लागि निर्वाचन हुने कार्यक्रम तय गरिएको छ।





