उपसभामुखमा श्रम संस्कृतिकी उम्मेदवार रुवी कुमारीलाई रास्वपाको समर्थन

प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुर उम्मेदवार बनेकी छन् ।

सत्तारुढ दल रास्वपाको समर्थनमा २५ वर्षीय ठाकुर उम्मेदवार बनेकी हुन् । ठाकुरको समर्थकमा अशोक कुमार चौधरी र प्रस्तावकमा आर्यन राई रहेका छन् ।

त्यस्तै, राप्रपाबाट सरस्वती तामाङले उम्मेदवारी लामाले पनि उम्मेदवारी दर्ता गरेकी छन्। लामाको प्रस्तावकमा राप्रपा दलका नेता ज्ञानेन्द्र शाही छन् । समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी छन् ।