हिरासतमुक्त भएपनि पूर्वप्रधानमन्त्री ओली शिक्षण अस्पतालमै रहने

प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता केपी शर्मा ओली आफ्नै परिवारको जिम्मा लगाउँदै रिहा भएका छन्। तर, उनको स्वास्थ्य अवस्था जटिल रहेकाले शिक्षण अस्पतालले भने डिस्चार्ज दिन अस्वीकार गरेको छ।

जेन-जी आन्दोलनमा दमन गरेको आरोपमा ओली पक्राउ परेका थिए। तीन दिनपछि उनी हिरासतबाट मुक्त भए पनि स्वास्थ्यमा ‘मल्टिपल समस्या’ देखिएपछि चिकित्सकले उनलाई अस्पतालमा भर्ना गरेका थिए। उनको रगतमा चिनीको मात्रा अस्वाभाविक रूपमा बढेको छ भने थाइराइडको पनि समस्या देखिएको छ। साथै, पत्थरी (गाल्ब्लाडर/मिर्गौलाको ढुंगा) को समस्या पुष्टि भएपछि शल्यक्रिया गर्नुपर्ने अवस्था छ।

पारिवारिक स्रोतका अनुसार आगामी मंगलबार ओलीको पत्थरीको शल्यक्रिया गर्ने तयारी चिकित्सकहरूले गरेका छन्। शल्यक्रियाका क्रममा हुन सक्ने जोखिमबारे परामर्श गर्न चिकित्सकले समय लिएको बताइएको छ।

प्रहरीले आजै ओलीलाई उनकी पत्नी राधिका शाक्यको जिम्मा लगाएर छाडेको छ। तर, अस्पताल प्रशासनले ओलीलाई डिस्चार्ज नदिने निर्णय गरेको छ। उनी हाल अस्पतालमै उपचाररत रहनेछन्।