पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
देउवा दम्पतीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धान गरिरहेको शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो । तर हाल देउवा दम्पती देश बाहिर रहेका छन् ।
देउवा गत फागुन १३ गते राति स्वास्थ्य उपचारका लागि नेपालबाट सिंगापुर गएका थिए। उनी फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा भागसमेत लिएका थिएनन्। सिंगापुरमा नियमित उपचार सकिएपछि थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन उनी हङकङ गएको यसअघि खबर बाहिरिएका थिए । हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर उनको नेपाल फर्कने कार्यक्रम तय भएको बताइए पनि हालसम्म स्वदेश फर्किएका छैनन् ।





