गृहमन्त्रीद्वारा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन

गत भदौ अन्तिम साताको जेनजी पुस्ताको आन्दोलनका शहीदहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।

सोमवार काठमाडौंको नयाँ बानेश्वरस्थित पुरानो संसद भवन अगाडि दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलन कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ समेत पुगेका थिए ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई सरकारले शहीद घोषणा गरेको थियो ।

जेनजी आन्दोलनका क्रममा मारिएका ७६ जनामध्ये ४१ जनालाई अन्य सूचीमा राख्दै मृत्युको कारणमा प्रश्न उठाएको थियो ।