प्रतिनिधिसभाबाट मतदाता नामावली पहिलो संशोधन अध्यादेश-२०८२ स्वीकृत भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले मतदाता नामावली पहिलो संशोधन अध्यादेश -२०८२ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।
उक्त प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएको हो । साथै मन्त्री गुरुङले नै प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।
उक्त प्रस्तावपनि सर्वसम्मत रूपमा स्वीकृत भएको छ । त्यस्तै उनकै प्रस्तावमा नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश पनि स्वीकृत भएको छ ।




