नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे दलको कार्यालय सिंहदरवारमा बस्नेछ ।
बैठकमा संसदीय दलको नेता चयन, पार्टीको १५औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने बताइएको छ ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य दलहरुले दलको नेता चयन गरिसके पनि कांग्रेसले अहिलेसम्म संसदीय दलको नेता तय गर्न सकेको छ ।
कांग्रेस संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, निस्कल राई, भरतबहादुर खड्कालगायतको नाम चर्चामा छ ।




