काठमाडौं केन्द्रीय साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत गरिएको साइबर बुलिङ प्रकरणमा रौतहटबाट एक जनालाई पक्राउ गरेको छ ।
रौतहटको गुजरा क्षेत्रबाट अभिषेक चौधरीलाई शनिबार बिहान नियन्त्रणमा लिइएको हो । पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि काठमाडौंस्थित ब्यूरो कार्यालयमा ल्याउने तयारी भइरहेको छ ।
उनलाई अमिशा पराजुलीले दिएको उजुरीका आधारमा प्रकाउ गरिएको हो । पराजुलीले सार्वजनिक रूपमा आफ्नो अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा लक्षित गरी साइबर बुलिङ गरिएको भन्दै प्रमाणसहित साइबर ब्यूरोमा उजुरी दर्ता गराएकी थिइन् ।
प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ । आवश्यक प्रमाण संकलन गरी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ ।




