गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न केएमसी अस्पताल पुगेका छन् । मन्त्री गुरुङले अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्था प्रत्यक्ष जाँच गरेका छन् ।
घाइतेहरूलाई उपचार प्रदान गर्दै आएका पूर्व सांसद डा. सुनिल शर्माले अधिकांश बिरामीहरूको निःशुल्क उपचार गरिसकेको जानकारी दिए । डा. शर्माले केही घाइतेहरू अझै होसमा नआएकाले अस्पतालमै राखेर उपचार भइरहेको बताए ।
मन्त्री गुरुङले डा.शर्मालाई भेटेर भने ‘तपाईंले घाइतेहरू मात्र होइन, उहाँहरूको परिवारको आँसु पनि पुछिदिनुभएको छ । यो सेवामा कमी नहोस्, तपाईंप्रति सधैं सम्मान छ ।’
डा. शर्मा पनि खुशी हुँदै भने ‘तपाईं आउनुभयो, बिरामीको अवस्था पनि बुझिरहनुभएको छ । यहाँ घाइते भएका सबैको उपचार मैले निःशुल्क गर्ने व्यवस्था मिलाएको छु ।’
गृहमन्त्री गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सकेर सिधै अस्पताल पुगेका थिए । उनले स्पतालमा रहँदा घाइतेहरूको अवस्थाबारे जानकारी लिनुका साथै डा. शर्मालाई धन्यवाद दिए ।




