गृहमन्त्री गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बैठकमा तीन वटा अध्यादेश पेश गर्नुभएको छ । फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनपछि बिहीवार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा गृहमन्त्री गुरुङले  मतदाता नामावली, प्रतिनिधिसभा सदस्य र नेपाल विशेष सेवा सम्बन्धी अध्यादेश पेश गर्नुभएको हो । 

गृहमन्त्री गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ पेश गर्नुभएको हो । 

यसअघि सदनको पहिलो बैठकमा दलका शीर्ष नेताले सम्बोधन गरिसक्नुभएको छ ।