ललितपुर महानगरपालिकाको लगनखेलस्थित पाटन मानसिक अस्पताल अगाडिको सडकपेटीमा हिँडिरहेका ज्येष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको आरोपमा युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ परेका छन् ।
ज्येष्ठ नागरिकलाई दुःख दिएको र मर्यादित व्यवहार गरेको उजुरीका आधारमा ललितपुरको गोदावरी नगरपालिका वडा नं. १० टाखेल बस्ने ३० वर्षीय रामशरण शर्मा बजगाईँ (आरबी शर्मा) पक्राउ पर्नुभएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ पर्नुभएका बजगाईँमाथि थप अनुसन्धान भइरहेको छ ।





