पूर्वगृहमन्त्री लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश

सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिह गर्न माग गर्दै पत्प्नी यशोदाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गर्दै रिहाइको आदेश दिन अश्वीकार गरेको छ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि सरकारका नाममा कारण देखाऊ आदेश जारी भएको हो ।

यो आदेशसँगै अब लेखकलाई सरकारले कम्तीमा २४ दिनसम्म हिरासतमै राखेर जेन–जी आन्दोलनमा भएको दमनको बारेमा अनुसन्धान र बयान लिन पाउने भएको छ ।