ओलीको रिहाइको माग गर्दै पत्नी राधिकाद्वारा सर्वाेच्चमा रिट पेश

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै उनकी पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट पेश गरेकी छन् ।

आईतबार दायर रिटमा ओलीलाई गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरण निवेदन पेश गरेकी छन् ।

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार बन्दीप्रत्यक्षीकरण निवेदन पेश भए पनि अध्ययनको क्रममा रहेको छ ।

ओली पक्राउ परेपछि देशभर उनका समर्थक र एमाले कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् ।