सरकारले सार्वजनिक गर्‍यो शासकीय सुधारका सय कार्यसूची (पूर्णपाठ)

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकले देशको समग्र विकास र प्रशासनिक सुधारका लागि ‘शासकीय सुधार सम्बन्धी १०१ बुँदे कार्यसूची’ स्वीकृत गरेको छ । 

बैठकले वि.सं. २०८२ भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन तथा त्यसअघि भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

२०८२ फागुन २१ गते सम्पन्न आम निर्वाचनबाट नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्यधिक बहुमतका साथ निर्वाचित गरी सरकार सञ्चालनको महत्त्वपूर्ण अभिभारा सुम्पेकोमा सरकारले सम्पूर्ण नेपाली जनतामा आभार व्यक्त गरेको छ ।